काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाले बुधबार दिउँसो २ बजेपछि बिदा दिएको छ । एसिया कप क्रिकेट हेर्नका लागि उपमहानगरपाालिकाले दिउँसो २ बजेपछि उपमहानगरभित्रका सबै विद्यालयमा बिदा दिएको हो ।
उपमहानगरपालिकाका वरिष्ठ उपसचिव मेहीलाल यादवले एक सूचना जारी गर्दै एशिया कप हेर्न बिदा दिएको जानकारी गराएका छन् । बुधबारदेखि सुरु हुने एशिया पक क्रिकेट प्रतियोगितामा पहिलो खेल नेपालले विश्व वरीयताको एक नम्बरमा रहेको पाकिस्तानसँग खेल्दैछ ।
नेपालले २७ वर्षपछि अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा पाकिस्तानसँग एक दिवसीय खेल खेल्न लागेको हो । खेल बुधबार दिउँसो ३ः१५ बाट सुरु हुनेछ ।