Skip to content
LAXMI SUNRISE BANK

सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरका छोरा राहुल पक्राउ

अर्थ सरोकार

काठमाडौं । सुन तस्करी प्रकरणमा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । बुधबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो ।

गतवर्ष विद्युतीय चुरोट (भेप) मार्फत तस्करी गरिएको ९ किलो सुन प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ गरेको सीआईबी स्रोतले पुष्टि गरेको छ । यसअघि तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक दावासँग राहुलको पटकपटक फोन संवाद भएको पाइएको थियो । तर, उनीविरुद्ध अदालतमा मुद्धा चलाइएको भने थिए ।

बुधबार सीआईबीमा सामान्य छोधपुछका लागि भन्दै बोलाएको बेला त्यहीँबाट राहुललाई पक्राउ गरिएको सीआईबी स्रोतले बताएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK