Skip to content
LAXMI SUNRISE BANK

६० किलो सुन तस्करी प्रकरणः दोलखाका किशोर बस्नेत पनि पक्राउ

अर्थ सरोकार

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन तस्करी प्रकरणमा थप एकजनालाई पक्राउ गरेको छ । बुधबार सीआईबीले दोलखाका किशोर बस्नेतलाई पक्राउ गरेको हो ।

किशोरलाई ६० किलो सुन तस्करी प्रकरणमा संलग्नताको आशंकामा पक्राउ गरिएको सीआईबी स्रोतले बताएको छ ।

सीआईबी स्रोतका अनुसार पक्राउ परेका बस्नेत र तस्करीका नाईकै भनिने दावा छिरिङसँग व्यापारिक साझेदारी रहेको पाइएको छ । किशोरलाई भारतबाट पक्राउ गरिएको हो । हाल उनीविरुद्ध थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK