काठमाडौं । साताको कारोबारको पाचौँ दिन बिहीबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।
बुधबार प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सय रुपैयाँले बढेर १ लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १२ हजार २ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९६ हजार ७ सय १० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९६ हजार २ सय ४० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ६९ रुपैयाँ निर्धारण गरेको छ ।