×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अव डिम्याट नवीकरण नगरेकाले आईपीओ भर्न नपाउने

PRIME CA

अव डिम्याट नवीकरण नगरेकाले आईपीओ भर्न नपाउने

१७ भाद्र २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । डिम्याट खाता नवीकरण नगरेका लगानीकर्ताले अव आईपीओ भर्न नपाउने भएका छन् । सिडीएससी एण्ड क्लियरिङ लिमिटेडले डिम्याट खाता नवीकरण नगरेका लगानीकर्ताको मेरो सेयर रोक्का राख्ने निर्णय कार्यान्वयनमा ल्याएको छ । सिडीएससीले डिम्याट नवीकरण नगरेका लगानीकर्ताको मेरो सेयर २०८० भाद्र १५ गते देखि रोक्का राख्ने जनाएको थियो ।

सोहि निर्णय अनुसार अव डिम्याट नवीकरण नगरेसम्म मेरो सेयर पनि खुल्ने छैन र आईपीओ वा हकप्रदमा पनि आवेदन दिन नपाइने भएको छ । लगानीकर्ताले आईपीओ वा हकप्रदमा आवेदन दिन डिम्याट नविकरण गरेकै हुनु पर्ने सिडीएससीले जनाएको छ ।

त्यस्तै, लगानीकर्ताले आफ्नो डिम्याट खाताको वार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष समाप्त हुनु अगावै आफ्नो निक्षेप सदस्यलाई बुझाउनुपर्ने व्यवस्था छ । सो अनुसार शुल्क नबुझाउने लगानीकर्ताको हितग्राही खाता निक्षेप सदस्यले रोक्का राख्ने गरेको छ ।

सिडीएसको तथ्यांक अनुसार हाल डिम्याट खाताको संख्या ५८ लाख बढी रहेको छ । यी मध्ये करिब ३५ लाख खाता मात्र नवीकरण रहेको छ । बाँकि खाता नवीकरण भएका छैनन् । डिपी भनेर चिनिने डिम्याट खोल्ने कम्पनीहरुले करिब १७ लाख डिम्याट खाता नवीकरण हुन बाँकि रहेको तथ्यांक सिडीएसलाई उपलब्ध गराएका छन् । तर यो संख्या करिब २० लाख भएको सिडीएसको अनुमान छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: