×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजेट अभावले सोचेजस्तो काम गर्न सकिएन: मन्त्री आचार्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बजेट अभावले सोचेजस्तो काम गर्न सकिएन: मन्त्री आचार्य

Artha Sarokar

१७ भाद्र २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यले बजेट अभावका कारण मन्त्रालयले सोचेजस्तो काम गर्न नसकेको गुनासो गरेका छन् । आइतबार महिला तथा सामाजिक मामिला समितिमा आर्थिक वर्ष २०८९/८० को मन्त्रालयको कार्यविरण प्रस्तुत गरेका उनले बजेट अभाव, अन्तरमन्त्रालयबीचको कार्यगत अस्पष्टता र समन्वयको अभाव जस्ता कारणले मन्त्रालयले आफैं काम गर्न सक्ने अवस्था नरहेको बताएका हुन् ।

मन्त्रालयमा न्यून बजेट विनियोजनको कारण महिला, बालबालिका र अन्य क्षेत्रमा चाहेजस्तो योजना र कार्यक्रम गर्न नसकिएको उनको भनाई छ । त्यस्तै, उनले बालसुधारको लागि बालसुधार गृह निर्माण र व्यवस्थापन गर्न चाहेको तर बजेट अभावका कारण नसकेको उल्लेख गरेका छन् ।

‘बजेट अत्यन्त न्यून भएको कारणले हामीले सोचेजस्तो विभिन्न ठाउँमा कार्यक्रमहरु, योजनाहरु सम्पन्न गर्न सक्ने अवस्था छैन ।’, उनले भने, ‘खासगरी बालसुधार गृहका कुराहरु गर्दा बालसुधार गृह जो देशभरी ८ वटा छन् । ४ वटा मन्त्रालयको व्यवस्थापनमा सञ्चालनमा छ र ४ वटालाई युसेफ भन्ने संस्थाले त्यसको व्यवस्थापन हेरेको छ ।’

त्यस्तै, आचार्यले क्षमता भन्दा धेरै बालबालिकाहरु एउटै सुधार गृहमा राख्नु पर्ने बाध्यता रहेको भन्दै त्यसको सुधारका लागि काम गर्ने प्रतिवद्धता जनाएका छन् । मन्त्री आचार्यले बालसुधार गृह निर्माणको लागि अर्थ मन्त्रालयले बजेट नदिँदा उक्त कार्य रोकिएको भन्दै गुनासोसमेत गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी