काठमाडौं । एसिया कप हेर्न सोमबार पर्साको वीरगञ्ज महानगरपालिकाले पनि सार्वजनिक विदा दिएको छ । सोमबार श्रीलंकाको क्यान्डीस्थित पाल्लेकेले स्टेडियममा हुन गइरहेको नेपाल र भारतबीचको क्रिकेट हेर्न वीरगञ्जमा दिउँसो २ बेजपछि सार्वजनिक विदा दिएको हो ।
महानगरका अधिकृत हरि राउतले एक सूचना जारी गर्दै महानगरपालिका अन्तर्गत अत्यावश्यक सेवाहरु बाहेकका सबै सेवाहरु बन्द गर्ने जनाएका छन् ।
यसअघि जनकुपरधाम उपमहानगरपालिकाले पनि नेपाल र भारतबीचको क्रिकेट हेर्नका लागि २ बजेपछि विद्यालयहरुमा विदा दिएको छ । खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।