काठमाडौं । साताको कारोबारको पाँचौं दिन बिहीबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।
बुधबार प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ४ सय रुपैयाँले घटेर १ लाख १२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर १ हजार ४ सय १० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९६ हजार २० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९५ हजार ५ सय ५० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ९ रुपैयाँ निर्धारण गरेको छ ।