×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुम्बिनी जस्तो पवित्र ठाउँमा पनि भ्रष्टाचार भयोः ज्ञानेन्द्र शाही

PRIME CA
GLOBAL IME BANK

लुम्बिनी जस्तो पवित्र ठाउँमा पनि भ्रष्टाचार भयोः ज्ञानेन्द्र शाही

२१ भाद्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले लुम्बिनी जस्तो पवित्र स्थलमा समेत भ्रष्टचार भएको भन्दै आक्रोश पोखेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसद शाहीले यस्तो आक्रोश पोखेका हुन् ।

सांसद शाहीले अनियमीतताकै कारण लुम्बिनी ऐतिहासिक क्षेत्र विकास गुरुयोजना अहिलेको स्थितिमा अलपत्र अवस्थामा रहेको तर्क गरेका छन् ।

‘लुम्बिनी ऐतिहासिक क्षेत्र विकास गुरु योजना आज अलपत्र अवस्थामा छ । लुम्बिनी जस्तो पवित्र स्थलमा समेत अनिमिएतता भ्रष्टचार र नियतबस आर्थिक हिनामिना भईरहेको छ ।’, उनले भने, ‘प्रधानमन्त्री र सरकारलाई मेरो प्रश्न आज अन्तर्राष्ट्रिय निर्देशन समिति कता छ ? त्यो समितिले कहाँ र कुन देशमा लुम्बिनीको विकास गरिरहेको छ ? समितिले कहिले र कहाँ पहल ग¥यो ?’

त्यस्तै, सांसद शाहीले नागरिक उड्न तथा संस्कृति मन्त्रीले यसबारे सदनमा जवाफ दिनुपर्ने माग गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: