Skip to content
LAXMI SUNRISE BANK

११ हजार बैंकका कर्मचारी किसान रहेको तथ्यांक सार्वजनिक !

अर्थ सरोकार

काठमाडौं । नेपालको बैंक तथा बीमा क्षेत्रमा काम गर्ने ११ हजार बैंकर किसान रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ७औँ राष्ट्रिय कृषि गणना २०७८ अनुसार बैंक तथा बीमा क्षेत्रमा काम गर्ने ११ हजार तीन सय घरपरिवार किसान रहेको पाइएको हो ।

राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांकअनुसार हाल नेपालको कुल किसानको ५.७ प्रतिशत किसान उद्योगमा आवद्ध रहेका छन् । त्यस्तै, ५.७ प्रतिशत अर्थात ६० हजार ३ सय किसानको परिवार शिक्षण पेशामा आवद्ध छन् ।

१२ हजार ६ सय किसान घरजग्गाको व्यवसाय गर्दै आएका छन् भने २२.२ प्रतिशत अर्थात २ लाख ३५ हजार किसान थोक तथा खुद्रा व्यापार, मोटरगाडी तथा मोटरसाइकल मर्मत–सम्भारको पेशामा आबद्ध छन् ।

त्यस्तै, ६ हजार ७ सय किसान कला तथा मनोरञ्जन पेशामा आबद्ध रहेका छन् भने ४ हजार किसान पत्रकारिता पेशामा आवद्ध रहेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK