Skip to content
LAXMI SUNRISE BANK

प्रधानमन्त्रीसँग २४ जना अमेरिका भ्रमणमा जाने, को-को परे ?

अर्थ सरोकार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को अमेरिका भ्रमणका लागि २४ सदस्यीय टोली तय भएको छ । ३० भदौमा हुने प्रधानमन्त्री प्रचण्डको संयुक्त राष्ट्र संघको भ्रमणमा प्रधानमन्त्रीको निजी सचिवालयबाट १० जनासहित २४ जना सहभागी हुने तय भएको हो ।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार अमेरिका भ्रमणमा प्रधानमन्त्रीका मुख्य सल्लाहका हरिबोल गजुरेल, स्वकीय सचिवहरु रमेश मल्ल, गंगा दाहाल, प्रेस सल्लाहकार गोबिन्द आचार्य, निजी फोटो ग्राफर प्रदीपराज वन्त, निजी भिडियोग्राफर नवराज दाहाल, निजी डाक्टर युवराज शर्मा र तीन जना सुरक्षाकर्मी सहभागी हुनेछन् । त्यस्तै, मुख्यसचिव बैकुण्ठ अर्याल र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बरागी पनि भ्रमणमा सहभागी हुने सचिवालय स्रोतले बताएको छ ।

त्यस्तै, प्रधानमन्त्रीसँगै अमेरिका भ्रमणमा परराष्ट्र मन्त्री एनपी साउँद, उनका स्वकीय सचिव दीपक जोशी, परराष्ट्र सचिव भरतराज पौड्याल, सहसचिव सेवा लम्साललगायतका प्रतिनिधि सहभागी हुनेछन् ।

प्रधानमन्त्री प्रचण्ड भदौ १९ गतेदेखि सुरु भएको संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जान लागेका हुन् । उनले महासभाको ७८औँ सभालाई प्रधानमन्त्रीले असोज ४ गते नेपालका तर्फबाट सम्बोधन गर्नेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK