काठमाडौं । इजिप्टको विदेशी सञ्चिति दरमा वृद्धि भएको छ । इजिप्टको केन्द्रिय बैंक (सिबिइ)ले गत जुलाइ महिनाको तुलनामा अगस्टमा देशको विदेशी सञ्चिति दर वृद्धि भएको बताएको हो ।
अघिल्लो महिनाको तुलनामा ३४.८८ बिलियन डलरबाट अगस्ट २०२३ मा बढेर ३४.९२८ बिलियन अमेरिकी डलर पुगेको बिहीवार केन्द्रिय बैंकले जनाएको हो ।
अर्थमन्त्री मोम्मद माईतले इजिप्ट सरकारले २०२३ को अन्त्यअघि १.५ बिलियन डलर वाह्य वित्तीय संकलन गर्न चाहेको बताएका छन् ।