Skip to content
LAXMI SUNRISE BANK

आइतबारदेखि बैंकहरुले स्थानीय तहको ६०% रकम निक्षेपमा गणना गर्न पाउने

अर्थ सरोकार

काठमाडौं । वाणिज्य बैंकहरुले आइतबारदेखि स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न पाउने भएका छन् । अर्थ मन्त्रालयले भदौ ३ गते गरेको निर्णयअनुसार बैंकहरुले आइतबारदेखि स्थानीय तहको ६० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने भएका हुन् ।

योसँगै अब बैंकहरुले स्थानीय तहको ६० प्रतिशत रकम चैत मसान्तसम्मका लागि निक्षेपमा गणना गर्न पाउनेछन् । हाल सरकारसँग प्रयाप्त तरलता उपलब्ध भएको भन्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले स्थानीय तहको पैसा बैंकहरुलाई निक्षेपमा गणना गर्न दिने निर्ण गरेका थिए । यसका लागि अर्थमन्त्रीले बैंकर तथा राष्ट्र बैंकका गभर्नरसँग पनि छलफल गरेका थिए ।

यसो त गत आर्थिक वर्ष २०७९ ८० मा बैंकहरुले स्थानीय तहको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने व्यवस्था रहेको थियो । तर, तरलताको अभाव देखाउँदै सरकारले गत असार मसान्तमा स्थानीय तहको पैसा बैंकहरुमार्फत तानेको थियो । तर, अब भने सरकारले स्थानीय तहको ६० प्रतिशत रकम निक्षेपमा गणना गर्न दिने निर्णय गरेको छ ।

यद्यपी विगतमा स्थानीय तहको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न मिल्ने भए पनि हाल उक्त रकम ६० प्रतिशतमा झर्दा आधार दरमा न्यून असर देखिने बैंकरहरुको भनाई रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK