काठमाडौं । नेपाल रिपब्लिक मिडियाले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चौथो त्रैमाससम्ममा १३ लाख २४ हजार ३ सय ६१ रुपैयाँ खुदा नाफा आर्जन गरेको छ ।
यो अवधिमा कम्पनीले गर्ने कारोबार बढ्दा नाफा बढेको जनाईएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ४ करोड ८२ लाख ८ हजार ६ सय ७३ रुपैयाँ घाटामा रहेको थियो । त्यस्तै, कम्पनीले अघिल्लो असार मसान्तमा २० करोड २६ लाख ५० हजार रुपैयाँको आय गरेको थियो भने गत आर्थिक वर्षकोको सोही अवधिमा आय बढेर २६ करोड १ लाख २१ हजार पुगेको छ ।
यसैगरी रिपब्लिक मिडियाको बिक्री लागत ८ करोड ५१ लाख ५४ हजार रुपैयाँबाट घटेर ८ करोड ३९ लाख २७ हजार रुपैयाँ रहेको छ । बिक्री वितरण खर्च २ करोड ८० लाख ६७ हजार रुपैयाँबाट घटेर २ करोड १७ लाख ९० हजार रहेको छ ।
कम्पनीको प्रशासनिक खर्च भने ६ करोड ३७ लाख ९४ हजार रुपैयाँबाट बढेर ७ करोड ८५ लाख ३८ हजार रुपैयाँ पुगेको छ । कम्पनीको चुक्ता पुँजी ९६ करोड ७५ लाख रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ ८८ रुपैयाँ ५३ पैसा रहेको छ भने प्रतिसेयर आम्दानी १४ पैसा रहेको छ ।