×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार १०.२३ अंकले बढ्यो नेप्से परिसूचक, १ अर्व ७ करोडमाथिको कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आइतबार १०.२३ अंकले बढ्यो नेप्से परिसूचक, १ अर्व ७ करोडमाथिको कारोबार

Artha Sarokar

२४ भाद्र २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक १०.२३ अंकले बढेर १९४२.६८ बिन्दुमा पुगेको हो ।आइतबार नेप्सेमा कुल २७६ कम्पनीको ४३ लाख १४ हजार ४ सय १७ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ८ करोड ५६ लाख १९ हजार ९ सय ९८ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ ।यस्तै आइतबारको सेयर बजारमा सुर्योदय वोमी लघुवित्तका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा शुवंम पावर लिमिटेड, न्यादी हाइड्रोपावर, मेंछियम हाइड्रोपावर, थ्री स्टार हाइड्रोपावर र सिवाईसी नेपाल लघुवित्तका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ८ करोड ५६ लाख १९ हजार ९ सय ९८ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा माछापुच्छ्रे बैंक, शिवम् सिमेन्ट, आइएमई लाइफ इन्स्योरेन्स, सोल्टी होटल र एभरेस्ट बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै आइतबारको सेयर बजारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दाधेरैले घटेको हो । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयरमा यस्तो गिरावट आउँदा ८.५% मञ्जुश्री फाइनान्स, सिंगटी हाइड्रो इनर्जी, मनकामना स्मार्ट लघुवित्त र कुमारी इक्वटी फण्डमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी