काठमाडौं । साताको कारोबारको पाँचौं दिन बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।
बुधबार प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १० हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९५ हजार ३ सय ३५ रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९४ हजार ८ सय ६५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ८७ रुपैयाँ ५० पैसा निर्धारण गरेको छ ।