×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तीजको दिन नेप्से परिसूचक ४.२६ अंकले बढ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

तीजको दिन नेप्से परिसूचक ४.२६ अंकले बढ्यो

Artha Sarokar

१ आश्विन २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको दोस्रो दिन नेप्से सूचक ४.२६ अंकले बढेर १९ सय ६९.१८ अंकको बिन्दुमा पुगेको छ । असोज महिनाको पहिलो दिन समेत रहेको आज नेप्से सूचकमा सामान्य वृद्धि भए पनि यता कारोबार भने घट्न पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जकाअनुसार आज ४ अंकले नेप्से सूचक बढ्दै गर्दा यता जम्मा ८७ करोड ४ लाख ४४ हजार रुपैयाँ बराबरको २८ लाख ७४ हजार कित्ता सेयर किनबेच भएको छ ।

आज बैैंकिङ समूहको उपसूचक बाहेक १२ वटा उपसूचक धनात्मक भएका छन् । सबैजसो उपसूचक १ प्रतिशत कमले बढ्दै गर्दा बैंकिङ समूहको उपसूचक ०.४० प्रतिशतले घट्न पुगेको छ भने ट्रेडिङ समूहको उपसूचक १.६० प्रतिशतले बढेको छ ।

आज इमर्जिङ नेपाल लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । थ्री स्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ भने शिवम् पावर लिमिटेड सेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी