काठमाडौं । सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । मंगलबार कम्पनीको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य भएका ३ अर्ब २० करोड रुपैयाँ बराबरको ३ करोड २० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत भएको सेयरमध्ये ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता सेयर साधारण सेयर हो भने २ अर्ब २४ करोड रुपैयाँ बराबरको २ करोड २४ लाख कित्ता सेयर संस्थापक हो ।
कम्पनीले गत साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३९ प्रिमियमसहित कुल २३९ रुपैयाँ प्रतिकित्तामा आईपीओ जारी गरेको थियो ।
योसँगै बिहीबारदेखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुनेछ । कम्पनीको सेयर पहिलो कारोबारका लागि नेप्सेले १५८ रुपैयाँ ४१ पैसादेखि ४७५ रुपैयाँ २३ पैसासम्म ओपनिङ रेञ्ज तोकेको छ ।