Skip to content
LAXMI SUNRISE BANK

संविधान दिवस: राष्ट्रपतिद्धारा ६७० कैदीको कैद माफी मिनाहा 

अर्थ सरोकार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा ६ सय ७० जना कैदीबन्दीलाई कैद माफी मिनाहा गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उक्त कैदीहरुको भुक्तान गर्न बाँकी कैद मिनाहा गरेका हुन् । 

उनले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, कारागार नियमावली, सर्वोच्च अदालतको रिट र ज्येष्ठ नागरिक ऐनका आधारमा ६ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

पौडेलले मन्त्रिपरिषद्को गत भदौ २९ गतेको बैठकको सिफारिसअनुसार बुधबारदेखि लागू हुनेगरि उनीहरुलाई माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयले जारी विज्ञप्तिमा उल्लेख छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK