Skip to content
LAXMI SUNRISE BANK

बुधबार घट्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।

मंगलबार प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सय रुपैयाँले घटेर १ लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १२ हजार २ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९६ हजार ७ सय १० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९६ हजार २ सय ४० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ४ रुपैयाँ ५० पैसा निर्धारण गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK