×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अवदेखि सिरक डसना बनाउन घरघर हिड्नेहरुले अनुमति लिनुपर्ने, अनुमति नलिए सिधै कार्वाही !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अवदेखि सिरक डसना बनाउन घरघर हिड्नेहरुले अनुमति लिनुपर्ने, अनुमति नलिए सिधै कार्वाही !

५ आश्विन २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अवदेखि चितवनमा सिरक डसना बनाउन घरघर हिड्नेहरुले अनुमति लिनुपर्ने भएको छ । भरतपुर महानगरपालिकाले एक सूचना जारी गर्दै अनुमति बिना सिरक, डसना निर्माण सम्बन्धि घुम्ती सेवा व्यवसाय गरे कारवाही गरिने बताएको हो ।

व्यवसाय दर्ता भएको घर, पसल, सटरमा मात्र व्यवसाय संचालन गर्न नगरपालिकाले सूचना प्रकाशित गर्दै कसैले अनुमतिबिना सिरक डसना घरघरमा बनाउँदै हिँडेको पाएमा कानुन बमोजिम कारवाही हुने जनाएको छ ।

महानगरपालिकाका वरिष्ठ लेखा अधिकृत जगन्नाथ अर्यालले गृह मन्त्रालयको २०७८/७/३० गतेको च.नं १००७ पत्र, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको २०७८/७/२६ च.नं.१५१ र जिल्ला प्रशासन कार्यालय चितवनको २०७९/६/१३ को च.नं १५१२ पत्र अनुसार ढुवानी साधनमा मेसिन जडित घुम्ती सेवा रोक्न, नियन्त्रण गर्न निर्देशन जारी भए अनुसार महानगर भित्र अर्को सूचना जारी नभएसम्म सेवा दिन रोक लगाएको उल्लेख गरेका छन् ।

भदौ २७ गते महानगरले  दर्ता नभई गाउँबस्ती, टोल तथा चोक चोकमा ब्यानर सहित चर्को आवाजमा माइकिङ गरी ट्रयाक्टर लगायतका ढुवानी साधनमा मेसिनजडानसहित घुम्ती सेवा मार्फत संचालन भएका सिरक डसना बनाउने सेवा संचालन नगर्न आग्रह गरेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी