काठमाडौं । कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार भारतीय ठुलो गोलभेडा ३५ रुपैयाँ, लोकल सानो गोलभेडा ४५ रुपैयाँ, टनेलको सानो गोलभेडा ५०, भारतीय सानो गोलभेडा ३० रुपैयाँ प्रतिकेजी निर्धारण गरेको छ ।
त्यस्तै, रातो आलु ५६, भारतीय रातो आलु ३५, (मुडे) रातो आलु ५०, सेतो आलु ४६, भारतीय सुकेको प्याज ६४, लोकल गाजर १४०, लोकल बन्दा ६०, स्थानीय काउली ८०, लोकल सेतो मुला ७०, भन्टा लाम्चो १०, भन्टा डल्लो ४०, तने बोडी ५०, मकै बोडी ७०, लोकल घ्यु सिमी ५०, टाटे सिमी ४०, भटमासकोशा ८०, तिते करेला ५०, लौका ४०, परवल ४० रुपैयाँ प्रतिकेजी तोकेको छ ।
समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार चिचिन्ड़ो ३० रुपैयाँ, घिरौला ४० रुपैयाँ, पाकेको फर्सी ४५, हरियो फर्सी ३०, भिन्डी ४०, बरेला ११०, स्कुस १० रुपैयाँ रहेको छ । साथै, रायो साग ५०, तोरीको साग २०, हरियो प्याज ९०, कन्य च्याउ १४०, डल्ले च्याउ ३००, कुरिलो ४००, न्युरो ८०, ब्रोकाउली १५०, चुकुंदर ८०, जिरीको साग ९० रुपैयाँ रहेको छ ।
यता, फुजी स्याउ ३२०, केरा १५० (दर्जन), कागती २८०, अनार ४२०, कालो अंगुर ४००, सुन्तला १४०, हरियो तर्बुजा ५०, मौसम १५०, जुनार ३२०, भुई कटहर २००, लोकल काक्रो ८०, निबुवा ५०, लोकल नासपाती ८०, चाइनिज नासपाती ३००, भारतीय मेवा ९०, अम्बा १२०, लप्सी ५०, किवी ४००, शरिफा १२०, अभोकाडो २००, अमला ८० रुपैयाँ निर्धारण गरेको छ ।