काठमाडौं । अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकमको टिकट अवदेखि रकुटेन भाइबरबाट समेत काट्न सकिने भएको छ ।
बससेवा ट्राभल्स् र रकुटेन भाइबरबीच अनलाइन बस टिकट काट्न सकिने सेवा दिनेबारे सुम्झौता भएको हो । सम्झौतापत्रमा बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनाल र रकुटेन भाइबरका तर्फबाट निर्देशक तोशिहीको ओत्सुकाले हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै अवदेखि भाइबरको च्याटबक्स् मार्फत नेपालका कुनैपनि गन्तव्यको बस टिकट काट्न सकिनेछ । यात्रुहरूले भाइबरबाटै सहजै टिकट बुकिङ गर्न सक्नेछन् ।
सम्झौता कार्यक्रमममा बससेवाका प्रमुख कार्यकारी पि.आर खनालले भने ‘हामीले जहिले पनि यात्रुहरुलाई सहज हुने गरि सेवा प्रदान गर्दै आएका छौँँ । यात्रुलाई भाइबरबाट पनि टिकट काट्न सकिने सेवाले थप सहजता ल्याउनेछ भन्ने हाम्रो विश्वास रहेको छ ।’
बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो । बससेवा टुर्स एण्ड ट्राभल्स् अन्तगर्तत रहेर बससेवा डटकम नेपालभरका अधिकांश रूटहरूमा सेवा प्रदान गर्दै आएको छ । साथै बससेवाले भारतका नयाँ दिल्ली, बोधगया, मुजफ्फरपुर लगायतका शहरमा समेत अनलाइन टिकट बुकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्