×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भदौमा आयात १ अर्बले बढ्यो, सबैभन्दा धेरै आयात डिजेल र पेट्रोलको !  

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

भदौमा आयात १ अर्बले बढ्यो, सबैभन्दा धेरै आयात डिजेल र पेट्रोलको !  

Artha Sarokar

७ आश्विन २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । भदौ महिनामा आयात १ अर्बले बढेको छ । भदौमा एक खर्ब ३० अर्बको आयात भएको छ । जबकी साउन महिनामा एक खर्ब २९ अर्ब रुपैयाँ बराबरको आयात भएको थियो । 

यसो त चालु आर्थिक वर्षको भदौसम्मको आयात गत आर्थिक वर्ष २०७९ ८० को तुलनामा ५.०६ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको भदौसम्ममा दुई खर्ब ७३ अर्ब रुपैयाँ बराबरको आयात भएको थियो । चालु आर्थिक वर्षमा भने आयात दुई खर्ब ५९ अर्ब रुपैयाँ बराबर रहेको छ । 

त्यस्तै, चालु आर्थिक वर्षमा मासिक निर्यात भने घटेको छ । साउनमा १३ अर्ब रुपैयाँ बराबरको निर्यात भएकोमा भदौमा भने १२ अर्ब ९१ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । गत आर्थिक वर्षको आधारमा भने भदौसम्ममा निर्यात ७.७२ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको भदौसम्ममा २८ अर्ब ६८ करोड रुपैयाँको निर्यात हुँदा चालु आर्थिक वर्षको सोही अवधिमा भने २६ अर्ब ४४ करोड बराबरको निर्यात भएको छ । 

हाल नेपालमा सबैभन्दा धेरै आयात हुने वस्तुमा पेट्रोलियम पदार्थ, फलाम तथा फलामका ब्रिकेट, स्मार्ट फोन तथा सुन रहेको छ । यसअवधिमा नेपालमा १५ अर्ब ७४ करोडको डिजेल, ११ अर्ब ३० करोडको पेट्रोल तथा सात अर्ब ३२ करोड रुपैयाँ बराबरको ग्यास आयात भएको छ । यता सात अर्ब ३ करोडको फलामका ब्रिकेट, ५ अर्ब ३६ करोडको स्मार्ट फोन तथा ४ अर्ब १२ करोडको सुन आयात भएको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी