काठमाडौं । तालमा डुबेर एकजना बैंकरको मृत्यु भएको छ । चितवनको माडी नगरपालिकास्थित बैकुण्ठे तालमा डुबेर भरतपुर महानगरपालिकास्थित नेपाल एसबिआई बैंकका कर्मचारी ३५ वर्षीय विजय तिमिल्सेनाको मृत्यु भएको हो ।
शनिबार दिउँसो साथिहरुसँग घुम्न गएका बेला उनको तालमा डुबेर मृत्यु भएको हो । दिउँसो तालमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तिमिल्सेनाको शव शनिबार साँझ मात्रै फेला परेको थियो ।
घटनाबारे गरिएको अनुसन्धानबाट उनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले पुष्टि गरेका छन् ।