- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कम्पनी रजिस्ट्रारको कार्यालयको सर्भर डाउन भएको छ । प्राइभेट लिमिटेड र पब्लिक लिमिटेड कम्पनी दर्ता गर्ने एक मात्रै निकाय कम्पनी रजिस्ट्रारको कार्यालयको सर्भर डाउन हुँदा सेवाग्राहीले समस्या भोग्नु परेको छ । यसो त कम्पनीको सर्भर धेरैजसो डाउन अवस्थामै हुने गर्दछ । ७७ जिल्लाकै मानिसले प्राइभेट लिमिटेड वा पब्लिक लिमिटेड कम्पनी दर्ता गर्न चाहे राजधानी काठमाडौँ नै आउनुपर्ने बाध्यता छ ।
तर यहाँसम्म आउँदा पनि उनीहरुका काम समयमै सपन्न हुन सकेका छैनन् । यहाँ दर्ता हुने प्राइभेट लिमिटेड रपब्लिक लिमिटेड सबै कम्पनीले कम्पनी ऐनले निर्दिष्ट गरे बमोजिमका कागजातहरु तोकिएको समय भित्र सो वेबसाइटमार्फत लगइन गरेर अनलाइन पठाउनुपर्ने हुन्छ तर वेबसाइट (सर्भर) नै चल्दैन । जसका कारण सेवाग्राहीहरुले ढिला भएका कारण जरिवाना तिर्नुपर्ने अवस्था पनि छ ।