काठमाडौं । कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार भारतीय ठुलो गोलभेडा ३० रुपैयाँ, लोकल सानो गोलभेडा ४५ रुपैयाँ, टनेलको सानो गोलभेडा ५८, भारतीय सानो गोलभेडा ३० रुपैयाँ प्रतिकेजी निर्धारण गरेको छ ।
त्यस्तै, रातो आलु ५६, भारतीय रातो आलु ३५, (मुडे) रातो आलु ५६, सेतो आलु ४६, भारतीय सुकेको प्याज ६८, लोकल गाजर १३०, लोकल बन्दा ५०, स्थानीय काउली ८०, लोकल सेतो मुला ५०, भन्टा लाम्चो २०, भन्टा डल्लो ५०, तने बोडी ७०, मकै बोडी ८०, लोकल घ्यु सिमी ७०, टाटे सिमी ५०, भटमासकोशा ७०, तिते करेला ५०, लौका ४०, परवल ४० रुपैयाँ प्रतिकेजी तोकेको छ ।
समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार चिचिन्ड़ो ३० रुपैयाँ, घिरौला ५० रुपैयाँ, पाकेको फर्सी ५०, हरियो फर्सी ४०, भिन्डी ४०, बरेला १२०, स्कुस १० रुपैयाँ रहेको छ । साथै, रायो साग ६०, तोरीको साग २५, हरियो प्याज ९०, कन्य च्याउ १३०, डल्ले च्याउ ३२०, कुरिलो ४००, न्युरो ८०, ब्रोकाउली २५०, चुकुंदर ८०, जिरीको साग ९० रुपैयाँ रहेको छ ।
यता, फुजी स्याउ ३२०, केरा १५० (दर्जन), कागती २२०, अनार ४००, कालो अंगुर ४००, सुन्तला १५०, हरियो तर्बुजा ५०, मौसम १५०, जुनार ३२०, भुई कटहर २००, लोकल काक्रो ६०, निबुवा ५०, लोकल नासपाती ८०, चाइनिज नासपाती ३००, भारतीय मेवा १००, अम्बा १००, लप्सी ५०, किवी ४००, शरिफा १५०, अभोकाडो २००, अमला ७० रुपैयाँ निर्धारण गरेको छ ।