काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।
सोमबार प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ४ सय रुपैयाँले घटेर १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर १ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९५ हजार ८ सय ५० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९५ हजार ३ सय ८० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार २ सय रुपैयाँ निर्धारण गरेको छ ।