काठमाडौँ । सरकारले पोखरा अल्ट्रालाइट प्रालीलाई सम्मान गरेको छ । साहसिक खेलमा सबैभन्दा बढी डलर भित्र्याएको भन्दै सरकारले पोखरा अल्ट्रालाइट प्रालीलाई सम्मान गरेको हो ।
बुधबार विश्व पर्यटन दिवस २०२३ को अवसरमा आयोजित एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पोखरा अल्ट्रालाइट प्रालीलाई सम्मान गरेका हुन् । उक्त कम्पनीले अघिल्लो आर्थिक वर्षमा साहसिक खेलमार्फत सबैभन्दा धेरै डलर आर्जन गरेको थियो । योसहित मन्त्री किरातीले अन्य विभिन्न क्षेत्रका कम्पनीहरुलाई पनि सम्मानित गरेका छन् ।
पोखरा अल्ट्रालाइटले साहसिक खेलअन्तर्गत सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्न सफल भएकाले सम्मानित गरिएको मन्त्रालयले जनाएको छ । उक्त कम्पनीले सन् २०२२ अगष्ट १ देखि २०२३ अगष्टसम्ममा ४४ हजार ३ सय ८८ अमेरिकी डलर आर्जन गरेको पाइएको छ । पोखरा अल्ट्रालाइटका तर्फबाट योगेन्द्र थापाले सम्मान ग्रहण गरेका थिए । यस कम्पनीका अध्यक्ष विप्लव पौडेल हुन् भने म्यानेजिङ डाइरेक्टरमा पोम नारायण श्रेष्ठ रहेका छन् ।
पोखरामा सन २०११ देखि पोखरा अल्ट्रालाइटले साहसिक खेलका पारखीहरूका लागि उडान गराउँदै आइरहेको छ । पछिल्लो समय अल्ट्रालाइटमा उडेर विभिन्न हिमशृङ्खला तथा पोखरा शहरको मनोरम दृश्यावलोकनका लागि अल्ट्रालाइट लोकप्रिय बन्दै गइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्