Skip to content
LAXMI SUNRISE BANK

मलेसिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ

अर्थ सरोकार

काठमाडौं । मलेसिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका वडा नं. १ स्थाई घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. ३ बासबारी बस्ने ३८ वर्षीय हरि बहादुर मगर पक्राउ परेका हुन् ।

उनले सिर्जना राईलाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाईदिन्छु, आकर्षक तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेर रकम ठगी गरेका थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलले असोज ९ गते बसुन्धराबाट पक्राउ गरेको हो ।

पक्राउ परेका मगरलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK