Skip to content
LAXMI SUNRISE BANK

बिहीबार १४ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले घटेको छ ।

बुधबार प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १४ सय रुपैयाँले घटेर १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९३ हजार ९ सय ६५ रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९३ हजार ५ सय ३५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ७४ रुपैयाँ ५० पैसा निर्धारण गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK