×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बीमा प्राधिकरण र गण्डकी प्रदेशका मुख्यमन्त्रीबीच छलफल, बीमा दाबी भुक्तानीलाई सहज बनाउन सुझाव

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल बीमा प्राधिकरण र गण्डकी प्रदेशका मुख्यमन्त्रीबीच छलफल, बीमा दाबी भुक्तानीलाई सहज बनाउन सुझाव

Artha Sarokar

१२ आश्विन २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल बीमा प्राधिकरण र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेबीच छलफल भएको छ । उक्त छलफलमा मुख्यमन्त्री पाण्डेले बीमा दाबी भुक्तानीलाई सहज बनाउन प्राधिकरणलाई सुझाव दिएका छन् । मुख्यमन्त्री पाण्डेले भने,‘ जति सजिलोगरी बीमा गरिन्छ, दाबी भुक्तानीमा त्यती सजिलो देखिँदैन, त्यसकारण बीमा प्राधिकरणले यो सुधारर्नुपर्छ ।

बीमा गराउँदा दिएको आश्वासन दाबी भुक्तानीमा नपाएपछि बीमित निराश हुन सक्नेतर्फ ध्यान दिनु पनि उनले सुझाव दिएका छन् । साथै मुख्यमन्त्री पाण्डेले बीमाको बारेमा अहिलेपनि सर्वसाधारण सबैलाई जानकारी नभएको बताउँदै सचेतनामा पनि ध्यान दिनुपर्नेमा मुख्यमन्त्रीको जोड छ । कृषि, पशु, व्यवसाय बीमामा पनि प्राथमिकता दिन उनले बीमा प्राधिकरणलाई अनुरोध गरेका छन् ।

बीमाबाट सर्वसाधारणले धेरै सुविधा र सहजता महशुस गर्ने गरी कार्य अघि बढाउन र त्यसका लागि गण्डकी प्रदेश सरकारले गर्नुपर्ने सहकार्य, समन्वय गर्न सकिने मुख्यमन्त्री पाण्डेले बताए ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले प्रदेशले नीति बनाउँदा बीमा सम्बन्धि व्यवस्थालाई प्राथमिकता दिन अनुरोध गरेका छन् । उनले कार्यक्रममा बोल्दै भने, ‘गण्डकी प्रदेश भित्र २७.४३ प्रतिशत मानिस बिमाको पहुँचमा छन्, देशभर भने ४४ दशमलव ३८ प्रतिशत मानिस बीमाको पहुँचमा छन् ।

यस्तै उनले नेपालमा जिवन बीमाको पहुँच धेरै रहेको बताएका छन् । कृषि तथा पशुपंक्षी बीमामा संघ सरकारले ८० प्रतिशत र प्रदेश सरकारले २० प्रतिशत गरी सतप्रतिशत अनुदानको ब्यवस्था रहेको बीमा प्राधिकरणले जनाएको छ ।
गण्डकी प्रदेश भित्र एक सय १६ बीमा कम्पनीमा चार सय ८० जना कर्मचारी कार्यरत छन् । बीमा प्राधिकरणसँगको अन्तरक्रियामा गण्डकी प्रदेशका मन्त्रीहरु, प्रमुख सचिव, सचिवहरु लगायतको सहभागीता थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी