काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ ।
शुक्रबार प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ८ सय रुपैयाँले घटेर १ लाख ८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेर १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९२ हजार ५ सय ९५ रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९२ हजार १ सय ६५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ६६ रुपैयाँ निर्धारण गरेको छ ।