काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ । आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी बढाएको मूल्य फिर्ता लिन सरकारले निर्देशन दिएको हो ।
आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ग्याससहित पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन नेपाल आयल निगमलाई निर्देशन दिएको हो ।
योसँगै अब शनिबार निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि लागू नहुने र पुरानै मूल्य कायम रहने भएको छ ।