काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ३३.२० अंकले घटेर १९७१.१० बिन्दुमा पुगेको हो ।
आइतबार नेप्सेमा कुल २८४ कम्पनीको ६७ लाख २३ हजार ४ सय कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ८३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको १४ करोड ७३ लाख ६० हजार ७ सय ४३ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै आइतबारको सेयर बजारमा सयपत्री हाइड्रोपावरका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा पिपुल्स हाइड्रोपावर, कुमारी धनवृद्धि योजना, बाराही हाइड्रोपावर, ग्लोबल आइएमई लघुवित्त र कुमारी इक्वटी फण्डका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको १४ करोड ७३ लाख ६० हजार ७ सय ४३ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा एनआइसी एशिया बैंक, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट र आइएमई लाइफ इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै आइतबारको सेयर बजारमा सनराइज फर्स्ट म्युचुअल फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । सनराइज फर्स्ट म्युचुअल फण्डमा यस्तो गिरावट आउँदा अपर हेवाखोला हाइड्रोपावर, एशियन हाइड्रोपावर, मनकामना इञ्जिनियरिङ हाइड्रोपावर र सिटिजन्स लाइफ इन्स्योरेन्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्