काठमाडौँ । विराटनगरबाट भारतीय नक्कली नोटसहित एक युवक पक्राउ परेका छन् । भाटभटेनी सुपरमार्केटबाट सामान खरिद गर्दा नक्कली नोट दिएपछि सुनसरी हरिनगरा गाउँपालिका–६ का ३४ वर्षीय ईशान अन्सारी पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार पक्राउ परेका अन्सारीले विराटनगर महानगरपालिका–६ स्थित भाटभटेनी सुपरमार्केटबाट १ हजार ६ सय रुपैयाँको सामान खरिद गरेका थिए । तर, सामानको भुक्तानी गर्ने क्रममा उनले नक्कली नोट दिएका थिए । अन्सारीले दिएको नोट नक्कली भएको भन्ने थाहा पाएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका अन्सारीको साथबाट पाँच सय दरका सात थान र दुई सय दरका २० थान नक्कली नोट बरामद गरेको छ । नक्कली नोटसहित अन्सारीले प्रयोग गरेको बा १६ च ७६१३ नम्बरको कार पनि बरामद गरिएको प्रहरीले जनाएको छ । हाल उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्