Skip to content
LAXMI SUNRISE BANK

सोमबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ ।

आइतबार प्रतितोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज एक सय रुपैयाँले घटेर १ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने स्थिर रहेर १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९२ हजार ५ सय ५ रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९२ हजार ७५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ४९ रुपैयाँ निर्धारण गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK