काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ५.१९ अंकले बढेर १९७६.२९ बिन्दुमा पुगेको हो ।
सोमबार नेप्सेमा कुल २८६ कम्पनीको ५७ लाख ७६ हजार ८ सय ९६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ७३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार एनआइसी एशिया बैंकको भएको छ । यस कम्पनीको २१ करोड ६८ लाख ९ हजार १ सय ४१ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै सोमबारको सेयर बजारमा सीवाईसी नेपाल लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा सयपत्री हाइड्रोपावर, इन्फिनिटी लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, हिमालयन उर्जा विकास कम्पनी र युनाईटेड मोदी हाइड्रोपावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार एनआइसी एशिया बैंकको भएको छ । यस कम्पनीको २१ करोड ६८ लाख ९ हजार १ सय ४१ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा सिटिजन लाइफ इन्स्योरेन्स, सोल्टी होटल, एभरेस्ट बैंक, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै सोमबारको सेयर बजारमा पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । पिपुल्स हाइड्रोपावरमा यस्तो गिरावट आउँदा मनकामना इञ्जिनियरिङ हाइड्रोपावर, ग्लोबल आईएमई लघुवित्त वित्तिय संस्था, एनआइसी एशिया फ्लेक्सी क्याप फण्ड र एशियन हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्