Skip to content
LAXMI SUNRISE BANK

११ किलो सुन प्रकरणमा थप तिनजना पक्राउ

अर्थ सरोकार

काठमाडौं । दोलखामा बरामद गरिएको ११ किलो सुन प्रकरणमा थप तिनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक साथी भनिने गेङ्रु, उनका सहयोगी र सुन किनबेचमा संलग्न लालबहादुर तामाङ रहेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएको प्रहरी टोलीले उनीहरुलाई स्वयम्भुबाट पक्राउ गरेको हो । उक्त प्रकरणमा यसअधि सात जना पक्राउ परिसकेका छन् ।

पक्राउ परेका मध्ये चिनियाँ नागरिक गेङ्रुले नै चीनबाट सुन मगाएको पाइएको अनुसन्धानमा संलग्न अधिकृतहरुले बताएका छन् । साथै, यो गिरोहले दोलखाको नाकाबाट आलुको बोरामा सुन लुकाएर तस्करी गर्ने गरेको पाइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK