Skip to content
LAXMI SUNRISE BANK

अर्थ समितिमा अचम्म : नयाँ स्टक एक्सचेन्जको निर्णय गर्न बसेको बैठकमा लाईसेन्सको विषय प्रवेश नै भएन

अर्थ सरोकार

काठमाडौं । नयाँ स्टक एक्सचेन्जको निर्णय गर्न बसेको अर्थ समितिको बैठकमा लाईसेन्सको विषय नै प्रवेश नभई बैठक समाप्त भएको छ । मंगलबार ११ बजे नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने विषयमा छलफल गर्न संघीय संसदको अर्थ समितिको बैठक बोलाइएको थियो ।

समय अभावका कारण लाईसेन्सको विषयमा प्रवेश नगरिएको अर्थ समिति सभापति सन्तोष चालिसेले बताएका छन् । उनले भने, ‘आजको बैठकको अजेन्डामा स्टक एक्सचेन्जलाई लाइसेन्सको विषय पनि थियो । तर, समय अभावका कारण उक्त विषयमा प्रवेश नै नगरी बैठक समाप्त भयो । ‘

त्यस्तै, मंगलबारको बैठकमा सामवेश हुन नसकेका विषयमा छलफल हुने गरी पुन: बैठक बोलाईने चालिसेले जानकारी गराएका थिए । बैठकमा देशको आर्थिक अवस्था, बजार अवस्था र अर्थ मन्त्रालयको काम र योजनाबारे छलफल भएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK