×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थतन्त्र ध्वस्त पार्न सरकार भष्मासुर भएर लाग्यो : केपी ओली 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अर्थतन्त्र ध्वस्त पार्न सरकार भष्मासुर भएर लाग्यो : केपी ओली 

Artha Sarokar

१६ आश्विन २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार अर्थतन्त्र ध्वस्त पार्न सरकार भष्मासुर भएर लागेको आरोप लगाएका छन् । प्रतिनिधि सभामा बोल्दै ओलीले यस्तो आरोप लगाएका हुन् ।
अर्थतन्त्रको स्थिति ठिक अवस्थामा रहेको बताउँदै ओलीले यस्तो गम्भीर विषयमा सरकार संवेदनशील नभएको आरोपसमेत लगाएका छन् । अर्थतन्त्र सबल बनाउन आफुहरुले अनेक सुझावहरु पेश गरेपनि बजेटमा ती कुराहरु सम्बोधन नगरेको बताएका छन् । अर्थतन्त्र कुनै पार्टी विशेषको नहुने बताउँदै उनले नेकपा एमाले अर्थतन्त्र बलियो बनाउन सहयोग गर्न तयार हुँदाहुँदै पनि सरकारले त्यसो गर्न नचाहेको आरोप लगाएका छन् ।
अर्थतन्त्रको लगातारको उँधोगतिले देशलाई गम्भीर संकटतर्फ लैजानेतर्फ पनि सरकारलाई ओलीले ध्यानाकर्षण गराएका छन् । राजश्व उठाउने कुरामा पनि सरकार असफल भएको बताउँदै उनले इतिहासमै धेरैपछि कम राजश्व उठेको दाबीसमेत गरेका छन् । सरकार तस्करहरुको संरक्षणमा लागेको भन्दै उनले सरकार बाहिर नाङ्लो ठटाउने तर भित्रभित्रै तस्करीमा लागेको आरोपसमेत ओलीको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी