Skip to content
LAXMI SUNRISE BANK

दोलखा सुन प्रकरण : १ चिनियाँ नागरिकसहित थप तीन जना पक्राउ

अर्थ सरोकार

काठमाडौँ । दोलखामा बराबाद भएको सुन प्रकरणमा थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ३ जनामध्ये एक जना चिनियाँ छन् । फक्राउ पर्नेमा गुल्मी सत्यवती गाउँपालिका–५ घर भई हाल टोखा–७ बस्ने अन्दाजी ६२ वर्षीय सनत प्रधान, सिन्धुपाल्चोक सानोसिरुबरी–७ घर भई हाल टोखा–६ सरस्वतीखेल बस्ने ४३ वर्षीय लालबहादुर तामाङ र ४३ वर्षीय चिनियाँ नागरिक गेङ्रु छन् ।

प्रधान र तामाङलाई काठमाडौं टोखाबाट तथा गेङ्रुलाई गए राति स्वयम्भूबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ । पक्राउ परेकाहरुलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दोलखा पठाइएको छ ।

पक्राउ परेका तीनै जनालाई आजै थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दोलखा पठाइने तयारी भएको सीआईबीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK