Skip to content
LAXMI SUNRISE BANK

अर्थ सरोकारकर्मी सुदर्शन श्रेष्ठलाई पितृशोक 

अर्थ सरोकार

काठमाडौँ । अर्थ सरोकारकर्मी सुदर्शन श्रेष्ठलाई पितृशोक परेको छ । श्रेष्ठका बुबा टोप बहादुर श्रेष्ठको ५१ बर्षको उमेरमा सोमबार विहान निधन भएको हो । रोजगारीका लागि भारतको पञ्जाव रहेका उनको त्यहिं निधन भएको हो ।
भारत पुगेका सहकर्मी हरि तिवारीका अनुसार सुदर्शन श्रेष्ठसहित परिवारका सदस्यहरु पञ्जाव पुगेपछि बुधवार विहान स्वर्गीय श्रेष्ठको हिन्दु परम्परा अनुसार दाहासंस्कार गरिएको छ । अघिल्लो दिन सामान्य ज्वरो आएका श्रेष्ठको भोलि विहान अकस्मात निधन भएको परिवारले जनाएको छ । उनी बिगत २५ बर्षदेखि रोजगारीका सिलसिलामा भारतमा बस्दै आएका थिए । स्वर्गीय श्रेष्ठका श्रीमती, एक छोरी र दुई छोरा छन्।
यता अर्थ सरोकारकर्मी सुदर्शन श्रेष्ठलाई परेको पितृशोक प्रति अर्थ सरोकार डटकमले शोक प्रकट गरेको छ । ‘हाम्रा सहकर्मीमाथि कलिलो उमेरमै परेको यो बज्रपातप्रति हामी स्तब्ध छौँ ।’ अर्थ सरोकार डटकमका सम्पादक सुरज प्याकुरेलले लेखेका छन्, ‘यो कठिन समयमा शोकाकुल परिवारमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भन्ने कामना गर्दछौँ । मृत आत्माको चीर शान्तिको कामनासमेत गर्दछौँ ।’
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK