Skip to content
LAXMI SUNRISE BANK

बिहीबार चार सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

अर्थ सरोकार

काठमाडौं ।  साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको छ ।

बुधबार प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज चार सय रुपैयाँले बढेर १ लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने स्थिर रहेर १ हजार ३ सय १० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९१ हजार ९ सय ९० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९१ हजार ५ सय ६० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार १ सय २३ रुपैयाँ निर्धारण गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK