काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ११.०४ अंकले घटेर १९५६.९२ बिन्दुमा पुगेको हो ।
बिहीबार नेप्सेमा कुल २८० कम्पनीको ३५ लाख ६२ हजार ६ सय २४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व १० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सिटिजन्स लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ४ करोड ४३ लाख ३१ हजार ७ सय १ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै बिहीबारको सेयर बजारमा बाराही हाइड्रोपावरका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा इस्टर्न हाइड्रोपावर, हिमालयन लघुवित्त वित्तीय संस्था, प्रोग्रेशिभ फाइनान्स, अपर स्याँगे हाइड्रोपावर र पिपुल्स पावर लिमिटेडका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार सिटिजन्स लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ४ करोड ४३ लाख ३१ हजार ७ सय १ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा नबिल बैंक, सोल्टी होटल, सन नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन लघुवित्त वित्तीय संस्था र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा इन्फिनिटी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो । इन्फिनिटी लघुवित्त वित्तिय संस्थामा यस्तो गिरावट आउँदा मध्येभोटेकोशी जलविद्युत, सीवाईसी नेपाल लघुवित्त, सामुदायिक लघुवित्त वित्तिय संस्था र दिव्यश्वरी हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्