काठमाडौँ । डिशहोममा नयाँ नेपाली फिल्मको मेला लागेको छ । उक्त मेलामा बर्षभरि रिलिज भएका सर्वाधिक सुपरहिट सफल नेपाली चलचित्रहरु डिशहोममा मात्र एक्सिल्उजीब प्रदर्शन भइरहेको हो।
त्यस्तै विभिन्न कारण वस हलसम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाएका दर्शकहरुले अव डिशहोम मार्फत सबै परिवार एकै साथ बसेर हेर्न सक्नेछन् । साथै, हाल दिपकराज गिरी, केदार घिमिरे, बुद्धी तामाङ आदी कलाकारहरुको अभिनय रहेको सुपरहिट चलचित्रछक्का पञ्जा ४ डिशहोम सिनेमाघर च्यानल नं.१०८मा असोज १९गते देखि प्रदर्शन हुने भएको छ ।
विभिन्न चलचित्रहरु प्रकास, कृष्ण लिला, नाई नभन्नु ल ६, प्रसाद २, लाखे, घन चक्कर, मन्त्र, राधा, गुञ्जन, तिम्रो मेरो साथ, पासो, ह्यारिकी प्यारी, काँडेतार, गणपति जस्ता नयाँ चलचित्रहरु डिशहोम सिनेमा घरको साथै प्लस मुभि र रमाइलो टिभीमा प्रदर्शन हुने भएको छ । साथै, सिनेमाघर च्यानल नं.१०८मा चलचित्र हेर्न डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं.१६६००१२२०००मा फोन गरेर,नजिकैको डिशहोम विक्रेता तथा डिलर दाई मार्फत सेवा लिएर वा आफ्नै मोवाईल वाट एसयमयस पठाएर चलचित्र हेर्न सक्नेछन् ।
त्यस्तै, डिशहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक वोनस संगै नयाँ नयाँ नेपाली चलचित्र हेर्न सिनेमा घर च्यानल नं.१०८ को टिकट निशुल्क पनि पाउन सक्ने जानकारी कम्पनीले दिएको छ । साथै, ३ महिना अथवा रु एक हजार वा सो भन्दा माथिको रिचार्जमा ३ सय २५ रुपैयाँ बराबरको एउटा मुभी टिकट, ६ महिना अथवा दुई हजार वा सो भन्दा माथिको रिचार्जमा ६ सय ५० बराबरको २ ओटा मुभी टिकट, १२ महिना अथवा रु पाँच हजार वा सो भन्दा माथिको रिचार्जमा रु १३ सय बराबरका ४ ओटा मुभी टिकट ग्राहकहरुले पाउन सक्नेछन् ।
डिशहोमको नियमित प्याकेज रिचार्ज गरेको भोलिपल्ट विहान ६ बजे पछि ८ अंकको सिनेमाघर च्यानल नं. १०८ को टिकट कुपन नम्वर ग्राहकको रजिष्टर्ड मोवाईल नं.मा एसएमएस मार्फत प्राप्त गर्ने छन् । साथै, थप जानकारीका लागि ग्राहक सेवा केन्द्रको फोन नं. १६६० ०१ २२०००, ९८०११५५००० वा ०१ ४२१७६६६ मा फोन गरेर सम्पुर्ण जानकारी प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै, डिशहोमको प्रयासले सबै परिवार संगै तथा आफुले चाहेको समयमा नयाँ चलचित्र हेर्न सक्ने कम्पनीले बताएको छ । साथै, नेपाली चलचित्र प्रति दर्शकहरुको चासो र माया बढ्नुका साथै नेपाली चलचित्रको विकास तथा प्रवर्धनमा समेत टेवा पुग्नेमा कम्पनीले विश्वास जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्