Skip to content
LAXMI SUNRISE BANK

नाडा कम्पनी र हाम्रो बजार डटकमबीच सहकार्य, नाडा अनलाइन अटो शो हुने

अर्थ सरोकार

काठमाडौँ । नाडा कम्पनी र हाम्रो बजार डटकमबीच सहकार्य भएको छ । नाडा कम्पनी र हाम्रो बजार डटकमबीच सहकार्य गरी नाडा डिजिटल अटो शो सम्पन्न गर्ने सम्बन्धमा एउटा सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रम २०८० असोज १८ गते नाडा र हाम्रो बजार डटकमबीच सहकार्य गरी नाडा डिजिटल अटो शो सम्पन्न गर्ने सम्बन्धमा नाडाको सचिवालय टेकुमा एउटा सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्य सम्पन्न भएको छ । उक्त सम्झौता अनुसार डिजिटल अटो एक्सपो गर्ने हाम्रो बजार डटकमले काठमाण्डौँको भृकुटी मण्डपमा हालै सम्पन्न नाडा अटो सो २०२३का सन्दर्भमा भएका सम्पूर्ण गतिविधिहरु बारे नाडा डट हाम्रोबजार डटकम मार्फत दैनिक रुपमा प्रसारण गर्ने जानकारी कम्पनीले दिएको हो ।

उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा नाडाका तर्फबाट अध्यक्ष डा.धु्रव थापा तथा हाम्रो बजार डटकमका तर्फबाट एमकेजीका बजार प्रवन्धक सागर के.सीले हस्ताक्षर गरेका हुन् ।

 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK