काठमाडौं । नेको इन्स्योरेन्सको साधारणसभा सम्पन्न भएको छ । इन्स्योरेन्सको साधारणसभा असोज १९ गते शुक्रबार लिसारा रिसेप्सन, नक्सालमा सम्पन्न भएको हो ।
उक्त सभाले हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो ।
हकप्रद सेयरका लागि नियामक बिमा प्राधिकरणले अनुमति दिइसकेको छ भने अव इन्स्योरेन्सले हकप्रद निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिने जनाएको छ । बोर्डले अनुमति दिएपछि मात्र हकप्रद सेयर जारी हुनेछ ।