काठमाडौँ । बैंकिङ कसूर मुद्दामा जरिवाना तोकि फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । जिल्ला कैलाली लम्कीचुहा नगरपालीका वडा नं.४ घर भई हाल जिल्ला काठमाण्डौँ महानगरपालीका वडा नं.२७ बस्ने ३३ वर्षीय तिर्थ किस्मत चौधरी बैंकिङ कसुर मुद्दामा पक्राउ परेका हुन् ।
वादी नेपाल सरकार प्रतिवादी तिर्थ किस्मत चौधरी भएको बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन, ललितपुरको २०७९-०४ -१७ गतेको फैसलाले बिगो १३ लाख ५० हजार रुपैयाँ जाहेरवालालाई भराई बिगो बमोजिम १३ लाख ५० हजार जरिवाना क्षतिपुर्ति शुल्क ५४ हजार राहत कोषमा जम्मा गराई ४ चार दिन कैद हुने ठहर भएको थियो । साथैे, धरौटी रकम र कैद भन्दा बढी थुनामा बसेको दिनसमेतबाट कट्टा गर्दा हुन आउने वाँकी जरिवाना ६लाख ९८ हजार दुई सय नतिरी फरार रहेका प्रतिवादीलाई २०८०-०६-१८ गते जिल्ला काठमाण्डौँ महानगरगालीका वडा नं. ४ बालुवाटारबाट पक्राउ गरेका छन् ।
उक्त प्रतिवादीलाई थप फैसला कार्यन्वयनको लागि सम्मानित काठमाडौँ जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाइको छ ।