×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुई दिने स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न, अवलोकनकर्ताको उत्साहजनक सहभागीता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

दुई दिने स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न, अवलोकनकर्ताको उत्साहजनक सहभागीता

Artha Sarokar

२१ आश्विन २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौंमा आयोजित दुई दिने स्टार्टअप एण्ड आईडिया फेस्ट क्याम्प सम्पन्न भएको छ । थापागाउँस्थित बानेश्वर बैंक्वटमा सञ्चालन भएको दुई दिने फेस्ट क्याम्प अवलोकनकर्ताको उत्साहजनक सहभागीतासहित सम्पन्न भएको हो ।

त्यस्तै, लिभिङ विथ आईसीटीको मुख्य आयोजनामा भएको फेस्टमा सातै प्रदेशका स्टार्टअप सहित ८० भन्दा बढी डिजिटल स्टार्टअप र इन्नोभेसनहरुको सहभागीता रहेको थियो । सो फेस्ट बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको हो ।

उक्त क्याम्पमा प्रदर्शनीमा नेपाली युवाले तयार पारेका एआई, ब्लकचेन, मेसिन लर्निङ, ईभी, सफ्टवेयर तथा हार्डवेयर सोलुसन लगायतका स्टार्टअप इन्नोभेसन र आईडिया राखेका थियो । साथै, देशैभरका नयाँ नयाँ स्टार्टअप इन्नोभेसन हेर्न अवलोकनकर्ताको उत्साहजनक सहभागीता रहेको क्याम्पका आयोजकले जानाएको छ ।

आईसीटी अवार्ड २०२३ को प्रिइभेन्ट क्याम्पियनको रूपमा भएको स्टार्टअप एण्ड आईडिया फेस्ट तथा स्टिम क्याम्पमा द स्क्वाड अफ चेन्जमेकर्सको सहकार्य रहेको थियो । उक्त कार्यक्रमको मुख्य आकर्षणको रूपमा नयाँ नयाँ आईडिया, इन्नोभेसन तथा प्रडक्टको प्रदर्शनी, आईडिया पिचिङ, एष्ट्रोनोमी क्याम्प, रकेट तथा रोबोटिक्स क्याम्प, लगानीको अवसर तथा गेम रहेका थिए ।

फेस्टमा सातै प्रदेशका ३० बढी स्टार्टअपका साथै आईसीटी अवार्ड २०२३ मा प्रतिस्पर्धाबाट छनौट भएका उत्कृष्ट १२ स्टार्टअप, १३ विद्यार्थी इन्नोभेसन र १४ प्रडक्टहरूले समेत फेस्टमा आफ्ना आईडिया र प्रडक्टहरु प्रदर्शनीमा रहेका थिए । सो कार्यक्रममा स्क्वाइड अफ चेन्जमेकरले रोबोट, रकेट, थ्रीडी प्रिन्टङसहित बालबालिकाले बनाएका नयाँ प्रोजेक्टहरुलाई पनि प्रर्दशनीमा राखेको थियो ।

त्यस्तै, कार्यक्रममा अवलोकनकर्ताले आईसिटी अवार्ड २०२३ का उत्कृष्ट १२ स्टार्टअप, १४ प्रडक्ट र १३ राइजिङ स्टार इन्नोभेसनलाई भोट गर्न सकिने व्यवस्था रहेको थियो । साथै, कार्यक्रमको अन्तिम दिन सहभागी भएका सातै प्रदेशका स्टार्टअप, एक्जिबिटर, मेन्टर, आइसिटी अवार्डका उत्कृष्ट १२ स्टार्टअप, १३ राइजिङ स्टार र १४ प्रडक्टलाई सहभागीताको सम्मानपत्र समेत वितरण गरेका थियो ।

नेपालको प्रतिष्ठित प्रविधि अवार्डको रूपमा परिचित आइसिटी अवार्डको आठौं संस्करणमा विभिन्न १३ विधामा ५०० बढीको नोमिनेसन प्राप्त भएको थियो । साथै, हाल आईसीटी अवार्ड २०२३ को नोमिनेसन र छनौट प्रक्रिया सञ्चालनमा रहेको छ ।

आईसीटी अवार्डको ग्राण्ड फिनाले आगामी पुस ६ गते द सोल्टी काठमाडौंमा आयोजना हुनेछ । स्टार्टअप एण्ड आइडिया फेस्ट र स्टिम क्याम्पसँगै अवार्डका लागि दर्जनौँ प्रि–इभेन्ट सञ्चालन हुनेछन् तथा सातै प्रदेशका उत्कृष्ट एक एक स्टार्टअपलाई प्रोभिन्सियल रिकग्निसन आइसिटी अवार्ड समेत प्रदान गरिने छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी